0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

गोदावरीका प्रमुख प्रशासकीय अधिकृतको गाडी चोरेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते १८:५१

२७ जेठ, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका-१४ ठैब बस्ने ३३ वर्षीय श्यामभाइ परियार रहेका छन् । पक्राउ परेका परियारमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले चढ्ने बा.२ झ १८७८ नम्बरको स्कर्पियो वडा नम्बर १२ दुरीखेलमा पार्किङ गरेको अवस्थामा २० जेठ मध्यराति चोरी भएको थियो । स्कर्पियो हराएपछि खड्काले प्रहरीमा उजुरी दिएका थिए ।

खोजीको क्रममा उक्त गाडी २२ जेठमा ललितपुर महानगरपालिका-२८ हरिसिद्दि स्थित रिद्दिसिद्दिमा बेवारिसे अवस्थामा फेला परेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?