२७ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ सुरु हुन एक दिन मात्र बाँकी छ ।
अमेरिका, मेक्सिको र क्यानडामा हुने विश्वकपका लागि विश्वभरका फुटबल समर्थक उत्साहित छन् । विश्वकप इतिहासमा पहिलोपटक ४८ टोली सहभागी हुँदैछन् ।
विश्वकपको माहोलले नेपाल पनि तातेको छ । यहाँका जर्सी पसलमा पनि माहोल तातिएको छ । फुटबल समर्थकहरू आफ्नो मनपर्ने टोली र खेलाडीको जर्सी किन्न पसल-पसल पुगेका छन् ।
काठमाडौंको सुनधारा, न्युरोड क्षेत्र लगायतका जर्सी पसलेहरूलाई अहिले भ्याइनभ्याइ छ । भोलि (जुन ११) सुरु हुने विश्वकप जुलाई १९ मा फाइनल खेलसँगै सम्पन्न हुनेछ । खेलहरू अमेरिका, मेक्सिको र क्यानडाका १६ वटा रंगशालामा हुनेछन् ।
विश्वकपमा सहभागी टोलीहरू अहिले आयोजक राष्ट्रहरूमा पुगेर अभ्यास खेल खेलिरहेका छन् ।



प्रतिक्रिया 4