+

फिफा विश्वकपअघि इंग्ल्यान्डको प्रभावशाली जित

२०८३ जेठ  २८ गते ७:३४ २०८३ जेठ २८ गते ७:३४
फिफा विश्वकपअघि इंग्ल्यान्डको प्रभावशाली जित

२८ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ अघिको अन्तिम मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डले कोस्टा रिकालाई ३-० ले पराजित गरेको छ ।

अमेरिकाको ओर्लान्डोमा बुधबार राति भएको खेलमा डेक्लान राइस, एन्थोनी गोर्डन र ओली वाटकिन्सले गोल गर्दै इंग्ल्यान्डलाई सहज जित दिलाए । खराब मौसमका कारण खेल निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको थियो ।

इंग्ल्यान्डले नवौं मिनेटमै अग्रता लिएको थियो । नयाँ बार्सिलोना खेलाडी एन्थोनी गोर्डनको राम्रो पासमा डेक्लान राइसको प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।

विश्वकपको पहिलो खेलमा स्थानका लागि दाबेदारी प्रस्तुत गरिरहेका जुड बेलिङहमले उत्कृष्ट प्रदर्शन गरे। पहिलो हाफमा उनले नोनी माडुकेलाई राम्रो अवसर सिर्जना गरिदिए पनि माडुकेको प्रहार पोस्टमा लागेको थियो ।

दोस्रो हाफमा बेलिङहमकै उत्कृष्ट दौडपछि इबेरेची इजेको प्रहार कोस्टारिकाका खेलाडीको हातमा लागेपछि इंग्ल्यान्डले पेनाल्टी पाएको थियो । ६८औं मिनेटमा गोर्डनले पेनाल्टीमार्फत अग्रता दोब्बर बनाए ।

८७औं मिनेटमा वैकल्पिक खेलाडी ओली वाटकिन्सले नजिकबाट हेडमार्फत गोल गर्दै इंग्ल्यान्डको ३-० को जित सुनिश्चित गरे ।

अब इंग्ल्यान्डले विश्वकपअघि केही खेलाडीलाई अतिरिक्त समय दिन र रणनीति मिलाउन मियामी एफसीविरुद्ध बन्द रंगशालामा अभ्यास खेल खेल्नेछ । इंग्ल्यान्डले जुन १७ मा डलासमा क्रोएसियाविरुद्ध खेल्दै विश्वकप अभियान सुरु गर्नेछ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय