News Summary
Generated by OK AI. Editorially reviewed.- ग्रान्डी स्टार्स र ट्रेनिङ ग्राउन्ड पाँचौं नखिपोट खुला बास्केटबल प्रतियोगिताको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
- पुरुषतर्फ केभीसी हउान्ड्स र डा एरीले आआफ्नो खेल जित्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन् ।
- डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी, कीर्तिपुर, इन्जिनिएरिङ, टाइम्स र बूढानीलकण्ठ पनि पुरुषतर्फको क्वाटरफाइनलमा पुगेका छन् ।
२७ जेठ, काठमाडौं । ग्रान्डी स्टार्स र ट्रेनिङ ग्राउन्ड पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको महिलामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । दुवै आरामदायी जित निकाल्दै सेमिफाइनलमा पुगेका हुन् ।
नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कभर्डहलमा ग्रान्डीले आईएसए नेपाललाई ६१–११ ले पराजित ग¥यो । ग्रान्डीको जितमा विनामनि योञ्जनले १२ अंक योगदान गरिन् । चारै क्वाटरमा अग्रता बनाएको ग्रान्डीले २०–४, १२–३, १९–४ र १०–० को प्रदर्शन ग¥यो ।
ग्रान्डी समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको हो । तीन टिम रहेको यो समूहबाट लगातार दुई हारसंगै आईएसए नेपाल प्रतियोगिताबाट बाहिरियो । एक खेल जितको बूढानीकलण्ठ समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्न सपल भयो ।
युनिशाको १५ अंक सहयोगमा ट्रेनिङ ग्राउन्डले एनसीसीएसलाई ६५–९ ले हरायो । पहिलो क्वाटरमा १८–२ को अग्रता कायम गरेको ट्रेनिङ ग्राउन्डले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्दै १२–४, १२–० र २३–३ स्कोर ग¥यो । तीनै टिम रहेको समूह ‘बी’ बाट ट्रेनिङ ग्राउन्ड विजेता हुँदै सेमिफाइनल पुग्यो । बलर्स उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो ।
पुरुषमा केभीसी हउान्ड्सले सोलोलाई ८७–८५ तथा डा एरीले बलर्सलाई ७४–४८ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । केभीसीका पासाङ मास्केले ३४ तथा डा एरीका विक्रम डंगोलले ३३ स्कोर गरे ।
त्यस्तै डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी, कीर्तिपुर, इन्जिनिएरिङ, टाइम्स र बूढानीलकण्ठ पनि क्वाटरफाइनलमा पुगिसकेका छन् ।
प्रतिक्रिया 4