0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

फिल्म ‘जाँड’ को ट्रेलर : कुसंस्कारविरुद्ध सन्देश दिने कथा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २८ गते १२:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मद्यपानले समाज र परिवारमा पार्ने असरको कथा समेटिएको फिल्म 'जाँड' को ट्रेलर सार्वजनिक गर्दै आगामी १२ असारदेखि प्रदर्शन गरिने जानकारी दिइएको छ ।
  • कुसंस्कार र विकृतिविरुद्ध फिल्मले आमदर्शकमा सकारात्मक सन्देश प्रवाह गर्ने निर्देशक राजु शाहले बताए ।
  • सुकुलढोका मिडियाको ब्यानरमा निर्मित यस फिल्ममा सान्बी खतिवडा, पदम गुरुङ, कमला दाहाल र रमेश उप्रेती लगायतका कलाकारको अभिनय छ ।

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘जाँड’को ट्रेलर सार्वजनिक गरिएको छ । आयोजित पत्रकार सम्मेलनमा निर्माता तथा निर्देशकले फिल्मबारे जानकारी दिए ।

मद्यपानले समाज र परिवारमा पार्ने असरको कथा समेटिएको निर्देशक राजु शाहले बताए । कुसंस्कार र विकृतिविरुद्ध फिल्मले आमदर्शकमा सकारात्मक सन्देश दिने उनले बताए ।

राजेन्द्र भट्टको लगानी रहेको यो फिल्ममा सान्बी खतिवडा, पदम गुरुङ, कमला दाहाल, रमेश उप्रेती, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना, स्मारिका खनाल, किरणप्रताप केसीको अभिनय छ ।

सुकुलढोका मिडिया प्रालिको ब्यानरमा निर्माण गरिएको फिल्मको कथा, पटकथा तथा संवाद सुनिलप्रसाद श्रेष्ठ, राजु शाह र राजेन्द्र भट्टले संयुक्त रूपमा तयार पारेका हुन् । निर्मातामा सुनिलप्रसाद श्रेष्ठ र राजेन्द्र शाह छन् । वितरकमा दीपक दंगालको नेसनल सिने ग्रुप छ ।

यो फिल्म १२ असारदेखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?