+
+
Shares

ट्राफिक प्रहरीको कारबाहीबाट एकैदिन १८ लाख ८१ हजार रुपैयाँ संकलन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते ७:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यकामा २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार २२३ सवारी चालक कारबाहीमा परेका छन् ।
  • ट्राफिक प्रहरीको कारबाहीबाट एकैदिन १८ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
  • कारबाहीमा पर्नेमा नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १५०, तीव्र गतिमा सवारी चलाउने ११८ र मादकपदार्थ सेवन गर्ने ९४ जना छन् ।

२९ जेठ, काठमाडौं । ट्राफिक प्रहरीको कारबाहीबाट एकैदिन १८ लाख ८१ हजार रुपैयाँ संकलन भएको छ । बितेको २४ घण्टामा कारबाहीमा परेका २ हजार २२३ सवारी चालकबाट १८ लाख ८१ हजार रुपैयाँ राजश्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ९४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५०, संकेत बत्ती उल्लंघनकर्ता १७७ र तीव्र गतिमा सवारीसाधन हुइँकाएका ११८ जना कारबाहीमा परेका थिए ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ६१, निषेधित क्षेत्रमा हर्न बजाउने १५४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९८, एकतर्फी सडकमा सवारी चलाउने १२० र अन्य सवारी नियम पालना नगरेका एक हजार २५१ जना पनि कारबाहीमा परेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?