+
+
Shares

संसदीय समितिमा अर्थमन्त्रीको बचाउमा उत्रिए गणेश पराजुली र खगेन्द्र सुनार

विपक्षी दलका सांसदहरूले अर्थमन्त्रीमाथि प्रश्न उठाएपछि रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली र सांसद खगेन्द्र सुनार मन्त्री वाग्लेको बचाउमा उत्रिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते ११:०३

२९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता गणेश पराजुली र सांसद खगेन्द्र सुनार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको बचाउमा लागेका छन् ।

करका दर हेरफेर र करका दर हेरफेरको सूचना चुहावटको विषयमा सांसदहरूले अर्थमन्त्री वाग्लेमाथि प्रश्न उठाउँदै आएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समेत नेपाली कम्युनिस्ट पार्टी, नेकपा एमालेका सांसदहरूले यो विषय उठाए ।

आर्थिक विधेयकमा भएको करका दर हेरफेर र करका दर हेरफेरको सूचना चुहावटको विषयमा अर्थमन्त्री वाग्लेले सांसदहरूलाई धम्की दिएको जस्तो भाषा प्रयोग गरेको भनेर नेकपाका नेता वर्षमान पुनले लेखा समितिकै ध्यानाकर्षण गराए

यसैगरी नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले करका दर हेरफेरको विषय उठाउँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले व्यक्तिगत रिसइबीको ढंगले प्रस्तुत भएको बताए । ‘अर्थमन्त्रीज्यू धेरै नै आक्रोशित हुनुभयो । व्यक्तिगत रिसइबीको ढंगले प्रस्तुत हुनुभयो’ ठगुन्नाले भने, ‘ननसेन्स टाइपको शब्द समेत प्रयोग भएको छ । अर्मयादित धम्कीपूर्ण भाषा प्रयोग भएको छ ।’

विपक्षी दलका सांसदहरूले प्रश्न गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता गणेश पराजुली र सांसद खगेन्द्र सुनार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको बचाउमा उत्रिएका हुन् ।

अर्थमन्त्रीले व्यक्त गरेका शब्दमा कतिपय सांसदले चित्त दुखाएको उल्लेख गर्दै पराजुलीले एउटा अर्थमन्त्रीले अर्को अर्थमन्त्रीको सबै अवस्था बुझ्न सक्ने पनि उनले बताए ।

आरोप/प्रत्यारोपमा नलागेर जिम्मेवार भएर सबै अगाडि बढ्नुपर्ने आग्रह गरे । अर्थमन्त्रीले आफ्नो प्रष्टीकरण दिइसकेको उल्लेख गर्दै सांसद सुनारले थपे, ‘यो विषय प्रत्येक दिन जसो उठिरहेको छ । यो राम्रो भएन ।’

करका दर हेरफेर गर्ने सन्दर्भमा विगतमा समेत भएको अभ्यासका आधारमा सभामुखले त्रुटि सच्याएको उनले बताए । एउटा व्यक्तिलाई लखेट्ने जस्तो गरी छलफल भइराखेको भनेर उनले विपक्षीहरूमाथि नै प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?