+
+
Shares

स्वर्णिमलाई हर्कले भने : सफलताको मापन विदेशी ऋण कति घट्यो भन्नेमा हुनेछ

बजेटमाथिको छलफलमा बोल्दै उनले सरकारको सफलता र असफलताको मापन कति आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सक्यो भन्नेबाट हुने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते १४:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बजेटमाथिको छलफलमा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिए ।
  • उनले आत्मनिर्भर अर्थतन्त्रका लागि शिक्षा प्रदान गर्दा नै श्रम गर्ने संस्कृति निर्माण गर्न आवश्यक रहेको बताए ।
  • उनले बजेटबारे ‘बजेट भनेको विकास हो । विकास भनेको विधि र व्यवस्थापन हो’ भनी उल्लेख गरे ।

२९ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले आत्मनिर्भर अर्थतन्त्रमा जोड दिएका थिए ।

बजेटमाथिको छलफलमा बोल्दै उनले सरकारको सफलता र असफलताको मापन कति आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सक्यो भन्नेबाट हुने बताए ।

‘बजेट भनेको विकास हो । विकास भनेको विधि र व्यवस्थापन हो’ उनले भने, ‘विकासले कसैलाई पुगेको छैन । अमेरिका, जापान, चीनलाई विकास पुगेको छैन । यसकारण व्यवस्थापन पनि गर्न आवश्यक छ ।’

आत्मनिर्भर अर्थतन्त्रका लागि शिक्षा प्रदान गर्दा नै श्रम गर्ने संस्कृति निर्माण गर्न आवश्यक रहेको बताए । यसका साथै आन्तरिक उत्पादन र आत्मनिर्भरतामा जोड दिनुपर्ने सुझाए । विदेशी ऋण लिएर आयोजना बनाएर मात्रै नहुने पनि उनको आग्रह छ ।

उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भनेका छन्, ‘हामी कति सफल भयौं वा कति असफल भयौं भन्ने कुराको मुल्यांकन हामीले कति विदेशी ऋण घटायौं वा बढौं भन्नेले निर्धारण गर्दछ ।’

जति सक्दो ऋण घटाउनेतिर लाग्न सरकारलाई उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?