+
+
Shares

काभ्रेको बुच्चाकोटमा बस दुर्घटना, ७ जनाको मृत्यु

दुर्घटनामा परी सात जनाको मृत्यु भएको काभ्रेका डीएसपी  रविन बिष्टले जानकारी दिए ।

कपिल कोइराला कपिल कोइराला
२०८३ जेठ २९ गते १५:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेको बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।
  • दुर्घटनामा घाइते भएका १५ जनालाई उद्धार गरी अस्पताल पठाइएको डीएसपी रवीन बिष्टले जानकारी दिए ।
  • बनेपाबाट सुँगुरेतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको बस दुर्घटना भएको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२९ जेठ, काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ ।

दुर्घटनामा परी सात जनाको मृत्यु भएको काभ्रेका डीएसपी रविन बिष्टले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका १५ जनालाई उद्धार गरी अस्पताल पठाइएको पनि उनले बताए ।

बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा दुर्घटनामा परेको हो ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?