News Summary
Generated by OK AI. Editorially reviewed.- संखुवासभाबाट धरानतर्फ जाँदै गरेको बस धनकुटाको च्याङच्याङबारीमा दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् ।
- दुर्घटनापछि अवरुद्ध कोशी राजमार्गको धनकुटा–मुलघाट खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
- घाइतेहरूको उद्धार गरी उपचारका लागि स्थानीय मेडिकलमा पठाइएको प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले बताए ।
२९ जेठ, धनकुटा । धनकुटामा बस पल्टिँदा ११ जना यात्रु घाइते भएका छन् ।
कोशी राजमार्गअन्तर्गत धनकुटाको धनकुटा नगरपालिका-९ च्याङच्याङबारीमा मूलघाट नजिकै बस दुर्घटना भएको हो ।
संखुवासभाबाट सुनसरीको धरान जाँदै गरेको को १ ख ७७८८ नम्बरको बस अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।
बस सडकमा पल्टिएपछि अवरुद्ध बनेको कोशी राजमार्गको धनकुटा मुलघाट खण्ड एकतर्फि रुपमा सञ्चालनमा आएको छ ।
धनकुटाका प्रहरी नायब उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार बसमा १५ जना यात्रु सवार थिए ।
घाइतेहरूको उद्धार गरी उपचारका लागि स्थानीय मेडिकलमा पठाइएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4