News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सांसद कमल सुवेदीले कर्णाली डेभलपमेन्ट बैंकमा बचतकर्ताको ४ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी रकम जोखिममा परेको बताएका छन् ।
- बैंकमा १७ हजारभन्दा बढी सर्वसाधारण र ६ हजार संघसंस्थाको निक्षेप जोखिममा परेको सांसद सुवेदीले संसद्मा जानकारी दिए ।
- उनले निक्षेपकर्ताको रकम तत्काल फिर्ता गराउन र दोषीलाई कानून बमोजिम कारबाही गर्न सरकार तथा नेपाल राष्ट्र बैंकसँग माग गरे ।
२९ जेठ, काठमाडौं । रास्वपा सांसद कमल सुवेदीले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडमा बचतकर्ताको रकम जोखिममा परेको बताएका छन् ।
संसद्मा बोल्दै सांसद सुवेदीले भने, ‘दाङ, बाँके, बर्दिया लगायत देशभरिका हजारौँ नागरिकहरूको पीडा यस गरिमामय सदनसमक्ष राख्न चाहान्छु । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड’ले आफ्ना निक्षेपकर्ताहरूको बचत रकम फिर्ता गर्न नसकेको र रकम अपचलन भएको विषय अत्यन्तै चिन्ताजनक छ ।’
१७ हजार १ सय ५६ जना सर्वसाधारण र ६ हजारभन्दा बढी संघ–संस्थाको गरी झण्डै ४ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको निक्षेप जोखिममा परेको उनको दाबी छ ।
‘भविष्यको सहाराका लागि नागरिकहरूले जम्मा गरेको जीवनभरिको कमाइ फिर्ता नपाउँदा उहाँहरू गम्भीर मानसिक र आर्थिक पीडामा पर्नुभएको छ,’ सुवेदीले भने, ‘सरकार र नेपाल राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । दोषीहरूमाथि कानुन बमोजिम कडा कारबाही गरियोस् ।’
निक्षेपकर्ताहरूको रकम यथाशीघ्र फिर्ता हुने व्यवस्था तत्काल मिलाउन उनले माग गरे ।
प्रतिक्रिया 4