News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप–२०२६ को खेलमा घरेलु टोली क्यानडाले बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध १–१ गोलको बराबरी खेलेको छ ।
- खेलको २१औं मिनेटमा बोस्नियाका जोभो लुकिचले र ७९औं मिनेटमा क्यानडाका काइल लारिनले गोल गरेका थिए ।
३० जेठ, काठमाडौं । फिफा विश्वकप–२०२६ को तेस्रो खेलमा घरेलु टोली क्यानडाले बराबरी गोल फर्काएको छ ।
क्यानडाको टोरन्टो स्टेडियममा जारी खेलमा घरेलु टोलीले बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध खेलको ७९औं मिनेटमा बराबरी गोल फर्काएको हो ।
क्यानडाका लागि काइल लारिनले बराबरी गोल फर्काए । यसअघि २१औं मिनेटमा जोभो लुकिचले हेडरमार्फत गोल गर्दै बोस्निया एन्ड हर्जगोभिनालाई अग्रता दिलाएका थिए ।
प्रतिक्रिया 4