+

नेपाली क्रिकेट टोलीले अस्ट्रेलियाको ‘टप एन्ड टी-२० सिरिज’ खेल्ने

२०८३ जेठ  ३१ गते ९:५८ २०८३ जेठ ३१ गते ९:५८
नेपाली क्रिकेट टोलीले अस्ट्रेलियाको ‘टप एन्ड टी-२० सिरिज’ खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी अगस्ट २० देखि ३० सम्म अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउने भएको छ ।
  • यस संस्करणको प्रतियोगितामा सहभागिता पक्का गर्ने नेपाल पहिलो टोली हो भने अन्य टोलीहरूको घोषणा हुन बाँकी छ ।
  • गत संस्करणको खेलमा नेपालले लिग चरणका ६ खेलमध्ये २ खेल मात्र जितेर आठौं स्थानमा सीमित भएको थियो ।

३१ जेठ, काठमाडौं । नेपाली क्रिकेट टोलीले आउँदो अगस्टमा हुने अस्ट्रेलियाको टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले अगस्ट २० देखि ३० सम्म अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एन्ड टी–२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले सहभागिता जनाउने जनाएको हो ।

नेपाल उक्त प्रतियोगितामा खेल्ने पक्का भएको यस संस्करणको पहिलो टोली हो । अन्य टोली घोषणा हुन बाँकी छ ।

गत संस्करणको प्रतियोगितामा नेपालले लिग चरणका ६ खेलमा २ खेल मात्र जितेर ४ अंकसहित आठौं स्थानमा सीमित रहेको थियो ।

नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय