+
फिफा विश्वकप २०२६ :

फिफा विश्वकपमा अस्ट्रेलियाको विजयी सुरुवात

२०८३ जेठ  ३१ गते ११:४५ २०८३ जेठ ३१ गते ११:४५

भ्यानकुभर स्टेडियममा आइतबार बिहान भएको खेलमा टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाले विजयी सुरुवात गरेको हो ।

फिफा विश्वकपमा अस्ट्रेलियाको विजयी सुरुवात

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्यानडामा जारी फिफा विश्वकप–२०२६ को पहिलो खेलमा अस्ट्रेलियाले टर्कीलाई २–० गोल अन्तरले हराउँदै विजयी सुरुआत गरेको छ ।
  • अस्ट्रेलियाका लागि नेस्टोरी इरानकुन्डाले २७औं मिनेटमा र कोनर मेटाकाल्फले ७५औं मिनेटमा गोल गरे ।
  • यो जितसँगै समूह ‘डी’ मा ३ अंक जोडेको अस्ट्रेलिया दोस्रो स्थानमा उक्लिएको छ ।

३१ जेठ, काठमाडौं । अस्ट्रेलियाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ । क्यानडाको बिसी प्लेयस भ्यानकुभर स्टेडियममा आइतबार बिहान भएको खेलमा टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाले विजयी सुरुवात गरेको हो ।

अस्ट्रेलियाको जितमा नेस्टोरी इरानकुन्डा र कोनर मेटाकाल्फले एकएक गोल गरे । खेलको २७औं मिनेटमा नेस्टोरीले गोल गर्दै अस्ट्रेलियालाई पहिलो अग्रता दिलाएका थिए ।

७५औं मिनेटमा अस्ट्रेलियाका कोनरले गोल गर्दै अग्रता दोब्बर बनाए । ६० प्रतिशतभन्दा बढी बल पोजिसन राखेपनि टर्कीले गोल गर्न सकेन । खेलका क्रममा टर्कीले दुई दर्जन बढी अवसर पाएको थियो । तर, सफल भएन ।

यो जितसँगै अस्ट्रेलिया समूह ‘डी’ मा ३ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । उक्त समूहमा समान ३ अंक रहेको आयोजक अमेरिका गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । टर्की र पाराग्वे अंकविहीन छन् ।

यसअघि आजै भएका खेलमा स्कटल्यान्डले हाइटीलाई हराउँदा लमा कतार र स्विट्जरल्यान्ड तथा मोरक्को र ब्राजिलले एक–एकको बराबरी खेलेका थिए ।

आजको अन्तिम खेल राति पौने ११ बजे जर्मनी र कुराकाओबीच हुने तालिका छ ।

Photos : IMAGO / Anadolu Agency

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय