+
+
Shares

नयाँ पार्टीको तयारीमा धवल-दुर्गा : गठन गरे ३१ विभाग (तस्वीरहरू)

उनीहरूले दल निर्माणका लागि ३१ वटा विभाग गठन गरेका छन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ जेठ ३१ गते १५:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपाबाट अलग भएका धवलशमशेर राणा र दुर्गा प्रसाईं नयाँ पार्टी गठनको प्रक्रिया अन्तर्गत ३१ वटा विभाग गठन गरेर जुटेका छन्।
  • काठमाडौंमा आयोजित कार्यक्रममा राणा र प्रसाईंले विभागका प्रमुखहरूलाई संयुक्त रूपमा जिम्मेवारी हस्तान्तरण गरे।
  • नयाँ पार्टी गठनका लागि २१ जेठमा राप्रपा छाडेका राणा समूह र प्रसाईंको समूह मिलेर अघि बढेका हुन्।

३१ जेठ, काठमाडौं । राप्रपाबाट अलग भएका धवलशमशेर राणा र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं नयाँ पार्टी गठनको प्रक्रियामा जुटेका छन् ।

उनीहरूले दल निर्माणका लागि ३१ वटा विभाग गठन गरेका छन् । विभाग प्रमुखहरूलाई आइतबार काठमाडौंमा आयोतिज एक कार्यक्रममा जिम्मेवारी हस्तान्तरण गरिएको छ । राणा र प्रसाईंले संयुक्त रुपमा जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।

पार्टी एकता कार्यदल, कार्यसम्पादन कार्यदल, वार्ता कार्यदल लगायतका विभाग गठन गरिएको आयोजकले जानकारी दिएको छ । जसमा मुकुन्दश्याम गिरी, सगुनसुन्दर लावती, राजु आचार्य, धनश्वर शाही, खड्ग जिसी, ईश्वरीप्रसाद भट्टराई, केशवराज श्रेष्ठ, डा. महेन्द्रजंग शाह, दिलविकास राजभण्डारी लगायत रहेका छन् ।

नयाँ पार्टी गठन गर्न भन्दै २१ जेठमा राप्रपा महामन्त्री धवलशमेर राणा लगायतले पार्टी छाडेका थिए । त्यसपछि दुर्गा प्रसाईंको समूह राणाको समूहसँग मिलेका थिए ।

प्रस्तावित राष्ट्रवादी पार्टी निर्माण तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रममा बोल्दै राणाले राप्रपाका नेताहरूले कार्यकर्तालाई अनावश्यक कारवाहीको डण्डा चलाएको बताए । बालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिन नपुग्दै तमाम गल्तीहरू गर्दै गएको बताए ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?