News Summary
Generated by OK AI. Editorially reviewed.- संवैधानिक प्रावधान अनुसार आज सातवटै प्रदेशले बजेट सार्वजनिक गर्दैछन् भने कोशी प्रदेशले दिउँसो ४ बजे बजेट प्रस्तुत गर्नेछ।
- कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बिदुर लिङ्थेपले प्रदेशसभामा करिब ४० अर्ब रुपैयाँको बजेट प्रस्तुत गर्नेछन् ।
- नयाँ बजेटमा प्रत्यक्ष निर्वाचित सांसदलाई चार करोड र समानुपातिक सांसदका लागि २ करोड ५० लाख रुपैयाँका योजना समावेश गरिएको छ।
१ असार, विराटनगर । संवैधानिक प्रावधान अनुसार आज सातवटै प्रदेशले बजेट सार्वजनिक गर्दैछन् । कोशी प्रदेशको बजेट सार्वजनिक गर्नका लागि दिउँसो ४ बजे प्रदेशसभा बैठक बस्दैछ ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बिदुर लिङ्थेपले बजेट पेस गर्नेछन् । आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार यो वर्ष बजेटको आकार बढ्ने छ । मन्त्रालय स्रोतका अनुसार यो वर्षको बजेट ४० अर्ब हाराहरी हुनेछ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । तर मध्यवधि समिक्षामार्फत बजेट अनुमान ३२ अर्ब ४५ करोड ६४ लाख रुपैयाँमा झारिएको थियो ।
आर्थिक वर्ष २०८३–८४ का लागि भने संघबाट आउने अनुदान साढे १६ अर्ब, राजस्व बाँडफाँटबाट १३ अर्ब र आन्तरिक आम्दानी र संचित कोषमा जम्मा भएको रकमलाई आधार मानेर बजेट आकार बढाइएको हो ।
यो वर्ष प्रदेश सांसदहरुले आफ्नो क्षेत्रमा पाउने याेजनाकाे आकार पनि बढेको छ । सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई चार करोड र समानुपातिक सांसदका लगि २ करोड ५० लाखका दरले योजना समावेश गरेको छ ।
नयाँ बजेटमा सरकारले करिब ५ अर्ब बराबरका नयाँ बहुवर्षीय आयोजना थप पनि गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया 4