+
+
Shares

मुक्तिनाथ विकास बैंकद्वारा प्रहरीलाई आवश्यक सामग्री हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १३:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न जिल्लाका प्रहरी कार्यालयहरूलाई कार्यालय सामग्री तथा सचेतनामूलक बोर्ड सहयोग गरेको छ ।
  • बैंकले घोराही, धादिङ, काँकरभिट्टा र बाँकेको साईगाउँ प्रहरी चौकीलाई कम्प्युटर तथा फर्निचर हस्तान्तरण गरेको छ ।

१ असार, काठमाडौं । मुक्तिनाथ विकास बैंकले समुदायको सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउन विभिन्न जिल्लाका प्रहरी कार्यालय, इलाका प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयलाई आवश्यक सामग्रीहरु सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको बैंकले जनाएको छ ।

बैंकले जिल्ला प्रहरी कार्यालय घोराही, जिल्ला प्रहरी कार्यालय धादिङ, बाँके जिल्लाको साईगाउँ प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय काँकरभिट्टा लाई कम्प्युटर, फर्निचर तथा कार्यालय सामग्री हस्तान्तरण गरेको छ ।

साथै ट्राफिक जिल्ला प्रहरी कार्यालय गुलरियालाई रोड डिभाइडर, सचेतामूलक बोर्ड सहयोग गरेको छ । उक्त सहयोगले प्रहरी कार्यालयको प्रशासनिक कार्यसम्पादन, अभिलेख व्यवस्थापन तथा सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने बैंकको भनाइ छ ।

स्थानीय आवश्यकता र समुदायको हितलाई केन्द्रमा राखेर सञ्चालन गरिएका यस्ता कार्यक्रममार्फत बैंकले सामाजिक विकास, सुशासन तथा सार्वजनिक संस्थाहरूको क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?