+
+
Shares

सीजीको ‘नयाँ वर्ष उपहार योजना’का विजेता बने झापाका रणधीर

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १३:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सीजी इलेक्ट्रोनिक्सले नयाँ वर्ष उपहार योजना अन्तर्गत 'सेट अफ ५ प्रोडक्ट्स' को विजेता झापाका रणधीर गुप्तालाई घोषणा गरेको छ ।
  • कम्पनीका प्रतिनिधि आशुतोष ठाकुरले विजेता गुप्तालाई हालै आयोजित एक कार्यक्रमका बीच सो उपहार हस्तान्तरण गरे ।
  • गुप्ताले भद्रपुरस्थित वैष्णवी पाथीभरा भाँडा पसलबाट सीजीको उपकरण खरिद गरी क्यूआर कोड स्क्यान गरेर योजनामा भाग लिएका थिए ।

१ असार, काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले साना घरायसी उपकरण श्रेणी अन्तर्गत सञ्चालन गरेको नयाँ वर्ष उपहार योजनाका विजेता घोषणा गरेको छ । ‘एक्सपेरियन्स लाइफ विथ सीजी, भरोसा नेपालीको, उत्सव नयाँ वर्षको’ अभियानका विजेता घोषित भएका हुन् ।

यस विशेष योजना अन्तर्गत प्रदान गरिएको आकर्षक ‘सेट अफ ५ प्रोडक्ट्स’ को विजेता झापा, भद्रपुर निवासी रणधीर गुप्ता बनेका छन् ।

उनले भद्रपुरस्थित वैष्णवी पाथीभरा भाँडा पसलबाट सीजीको साना घरायसी उपकरण सीजी इग्नाइट टुबीएस खरिद गरी उपलब्ध क्यूआर कोड स्क्यान गरेर यस योजनामा सहभागी भएका थिए ।

हालै एक कार्यक्रमका बीच कम्पनीका प्रतिनिधि आशुतोष ठाकुरले विजेता रणधीर गुप्तालाई उक्त आकर्षक उपहार हस्तान्तरण गरे । उपहार प्राप्त गरेपछि गुप्ताले आफू अत्यन्तै खुसी र हर्षित रहेको बताउँदै सीजी ब्रान्डप्रतिको आफ्नो विश्वास अझै मजबुत भएको प्रतिक्रिया दिए ।

सीजीका उत्कृष्ट साना घरायसी उपकरण देशभर रहेका २८ वटा आधुनिक शोरुमहरू (सीजी डिजिटल) र एलजी ब्रान्ड सप, कम्पनीका आधिकारिक वेबसाइट तथा सीजी ब्रान्डको नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सहजै खरिद गर्न सकिनेछ।

सीजी इलेक्ट्रोनिक्सले देशभर ४० वटा सेवा केन्द्रहरूमार्फत बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?