१ असार, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिजम(प्रियतावाद) र एनार्कीजम(अराजकतावाद) यथास्थितिका पक्षपोषक रहेको टिप्पणी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘पपुलिजम र एनार्कीजमले के गर्छ भन्दाखेरी तत्कालको मुद्दाहरुमा आफूलाई केन्द्रित गर्छ । समाजलाई यथास्थितिमै राखिराख्ने कुराको पैरवी गर्छ,’ महासचिव पोखरेलले भने, ‘यसर्थ पपुलिजम र एनार्कीजम यथास्थितिका पोषक हुन् ।’
तर, उनीहरूले समाजलाई सबै कुराको समाधान आफै हुन् भन्नेगरी भ्रममा पार्ने नउले बताए । ‘उनीहरूले समाजलाई यसरी प्रभावित पारेका हुन्छन् कि समाजका सबै समस्याको रामवाण यिनै हुन् जस्तो,’ उनले भने ।
नेपाली समाजमा अहिले उनीहरूले ‘पुरानाले गर्न सकेनन्, हामीले गर्ने हो भन्ने भाष्य निर्माण’ गरेकाे उनले बताए ।
‘समाज फेरि हिँड्ने बाटो भनेको विचारधारामै हो । समय लाग्ला,’ उनले भने । विचारधारा केन्द्रित आन्दोलनमा माहोल बनाउने काममा लाग्न उनले आग्रह गरे । त्यसको काम एमालेले गर्न सक्ने उनले बताए ।
प्रतिक्रिया 4