News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
- अर्थमन्त्री युवराज भट्टराईले प्रस्तुत गर्नुभएको बजेटमा पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
- बजेटमा 'मेड इन मधेश, समृद्ध प्रदेश' र 'उत्पादनशील मधेश, आत्मनिर्भर देश' लगायतका लोकप्रिय नाराहरू समावेश गरिएका छन् ।
१ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ ।
अर्थमन्त्री युवराज भट्टराईले सोमबार प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, वनलगायतका क्षेत्रलाई प्राथमिकता राखिएको छ ।
बजेटमा चालुतर्फ कुन विनियोजनको ३५. ५४ प्रतिशत अर्थात् १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ र पुँजीगततर्फ ६४.३५ प्रतिशत अर्थात् २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ खर्च प्रस्तवा गरिएको छ ।
मधेश सरकारको बजेटमा लोकप्रिय नाराहरू पनि समावेश गरिएका छन् । ‘मेड इन मधेश, समृद्ध प्रदेश’, ‘उत्पादनशील मधेश, आत्मनिर्भर देश’ लगायतका नाराहरू बजेटमा उल्लेख छन् ।
लोकप्रिय १० नारा :
मेड इन मधेश, समृद्ध प्रदेश
उत्पादनशील मधेश, आत्मनिर्भर देश
मुख्यमन्त्री महिला स्वरोजगार
एक रुख विनाश, १० रुख विकास
हेल्लो सीएम एप
एक जिल्ला एक प्रविधि शिक्षालय
प्लास्टिक मुक्त मधेश
गर्भवती आमा, पोषण प्याक
डिजिटल र नतिजामुखी सुशासन
उत्पादन र रोजगारी वृद्धि
प्रतिक्रिया 4