News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ६६ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ ।
- मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधारलाई प्राथमिकता दिइएको उक्त बजेट प्रदेशसभामा प्रस्तुत गर्न स्वीकृत गरेको छ ।
- बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड रुपैयाँको बजेट ल्याएको थियो ।
१ असार, हेटाैंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ काे लागि ६६ अर्ब हाराहारीकाे बजेट ल्याउने तयारी गरेकाे छ ।
आर्थिक मामिला तथा याेजना मन्त्रालय स्राेतका अनुसार ६६ अर्ब हाराहारीकाे बजेट प्रस्तुत गर्ने तयारी भइरहेकाे हाे । आज ४ बजेकाे मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा याेजना मन्त्रालयकाे सिफारिसमा आगामी आवकाे बजेट प्रदेशसभामा प्रस्तुत गर्न स्वीकृत गरेकाे छ । बजेटमा भाैतिक पूर्वाधारलाई प्राथमिकता दिइएकाे बताइएको छ ।
मन्त्रिपरिषद् बैठक लगत्तै प्रदेशसभाबाट बजेट प्रस्तुत गरिँदैछ । बागमती सरकारले चालू आव २०८२/८३ का लागि ६७ अर्ब ४७ कराेडकाे बजेट ल्याएकाे थियाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4