+
+
Shares

बजेट पुनर्लेखन गर्नुपर्दछ : उर्मिला अर्याल

राष्ट्रिय सभाकी सांसद उर्मिला अर्यालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्ने बताएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १६:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिष्ट पार्टीकी राष्ट्रिय सभा सदस्य उर्मिला अर्यालले आगामी आर्थिक वर्षको बजेट सामाजिक न्यायको दृष्टिकोणले प्रतिगामी भएको भन्दै पुनर्लेखन गर्न माग गरिन् ।
  • सांसद अर्यालले बजेटमा कर प्रणाली आम्दानीको सट्टा उपभोगमा आधारित रहेको र गरीब वर्गका लागि कुनै ठोस योजना नआएको बताइन् ।

१ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी सांसद उर्मिला अर्यालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्ने बताएकी छन् ।

सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले बजेट पुनर्लेखन गर्न सरकारसँग माग गरेकी हुन् ।

सांसद अर्यालले सामाजिक न्यायको दृष्टिकोणले बजेट प्रतिगामी रहेको जिकिर समेत गरिन् । उनले सरकारले ल्याएको कर प्रणाली पनि उचित नभएको जिकिर गरिन् । सांसद अर्यालले बजेटमा गरिब वर्गका लागि कुनै ठोस योजना ल्याउन नसकेको पनि बताइन् ।

उनले भनिन्, ‘सरकारले आफनो कर प्रश्तावमा आम्दानीमा आधारित प्रणालीको सट्टा उपभोगमा आधारित प्रणालीमा जोड दिएको छ । यो बजेट स्वभाविक रूपमा प्रतिगामी छ । करका संरचनाहरूबारे नेकपाका माननीय डा. पर्शुराम तामाङ र माननीय वर्षमान पुनले प्रतिनिधिसभामा विस्तृत रुूमा राखिसक्नु भएको हुनाले उहाँहरूको धारणाप्रति समर्थन जनाउँदछु । अर्कोतर्फ सार्वजनिक कम्पनीहरूले सरकारलाई बुझाउने लाभांश मा राजश्व फिर्तामा जोड दिनुपर्दछ । गरिब र निमुखामुखि बजेट हुनुपर्दछ । यो बजेट पुनर्लेखन हुने सर्तसहित समर्थन गर्दछु ।’

सांसद अर्यालले सरकारले उत्पादनको क्षेत्रमा कुनै ठोस योजना ल्याउन नसकेको समेत बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?