+
+
Shares

बागमती बजेट : एकीकृत प्रादेशिक संरचना निर्माण गर्न ५६ करोड

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १६:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेश सरकारले एकीकृत प्रादेशिक संरचना, प्रदेशसभा भवन र आवास निर्माणका लागि ५६ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
  • आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उक्त रकम विनियोजन गरिएको जानकारी दिनुभयो ।
  • हेटौंडा उपमहानगरपालिका–१७ मा प्रादेशिक संरचना निर्माणका लागि संघीय सरकारबाट जग्गा प्राप्तिको प्रक्रिया टुंग्याइसकेको छ ।

१ असार, हेटौंडा । बागमती प्रदेश सरकारले एकीकृत प्रादेशिक संरचना निर्माणका लागि ५६ करोड रुपैयाँ बिनियोजन गरेको छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले एकीकृत प्रादेशिक संरचना, प्रदेशसभा भवन र आवास निर्माणको लागि ५६ करोड ५० लाख रुपैयाँ बिनियोजन गरेको जानकारी गराए ।

सरकारले हेटौंडा उपमहानगरपालिका–१७, प्रादेशक संरचना (मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरू) निर्माण गर्न संघीय सरकारबाट जग्गा प्राप्तिको प्रक्रिया टुंग्याइसकेको छ ।

प्रदेश राजधानी पूर्वाधार विशेष आयोजनाले प्रादेशिक संरचना निर्माणको काम गरिरहेको छ ।

प्रदेश स्थापनाको ८ वर्ष बितिसक्दा पनि प्रदेशका आफ्नै संचरना निर्माण हुन सकेका छैनन् । प्रदेश सरकार पुराना सरकारी भवन र भाडामा बस्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?