News Summary
Generated by OK AI. Editorially reviewed.- गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि उद्योग तथा पर्यटन क्षेत्रमा २ अर्ब रुपैयाँ विनियोजन गरेको छ।
- बजेटमा औषधिजन्य प्रयोजनका लागि गाँजा खेतीको वैधानिकता, घरेलु मदिरा ब्रान्डिङ र रुपातालमा सिसाको पुल निर्माण गर्ने कार्यक्रम समेटिएको छ।
- धौवादी फलाम खानीको उत्खनन, खोज तथा अनुसन्धानका लागि सरकारले २५ करोड रुपैयाँ विनियोजन गरेको छ।
१ असार, पोखरा । गण्डकी प्रदेश सरकारले पर्यटन क्षेत्रलाई थप व्यावसायिक र व्यवस्थित गर्ने, पूर्वाधार निर्माण गर्ने कुरामा जोड दिएको छ । आइतबार गण्डकी प्रदेश सरकारका अर्थमन्त्री जीत शेरचनले संसदमा पेश गरेको बजेट उद्योग तथा पर्यटन क्षेत्रका लागि २ अर्ब रुपैयाँ बिनियोजन गरिएको छ ।
गण्डकी प्रदेश सरकारले ल्याएको बजेटमा फेवामा सेल्फी पुल, रुपातालमा सिसाको पुलदेखि घरेलु मदिरा उत्पादन तथा ब्रान्डिङ गर्ने, औषधिजन्य तथा उद्योगजन्य प्रयोजनका लागि गाँजा खेतीको वैधानिकतासँगै यसको उत्पादन, अनुसन्धान र प्रशोधनको काम अगाडि बढाउनेसम्मको विषयलाई प्राथमिकतामा राखेको छ ।
राउण्ड फेवा, भ्यु सेवा कार्यक्रमलाई निरन्तरता दिने सरकारको बजेटमा छ । फेवा होइजन इन्डस्ट्रियन ब्रिज, सेल्फी ब्रिज निर्माण गर्ने र रुपातालमा सिसाको पुल निर्माण सम्बन्धी कार्यलाई अगाडि बढाउने अर्थमन्त्री शेरचनले घोषणा गरेका छन् ।
पोखरा महानगरको साझेदारीमा फेवातालको मध्यवर्ती क्षेत्रलाई सौदन्र्यीकरण गर्ने सरकारको बजेटमा छ । सौन्दर्यीकरणका लागि गण्डकी प्रदेश सरकारले ५ करोड रुपैयाँ बिनियोजन गरेको छ । फेवाको क्लोज सर्किटलाई पूर्णता दिने सरकारले जनाएको छ ।
एक जिल्ला एक पर्यटकीय गन्तव्य अवधारणा कार्यान्वयन गर्दै संस्कृति, होमस्टे, फार्म स्टे, रैथाने उत्पादनको ब्रान्डिङ तथा स्तरीकरण गर्ने सरकारले बजेटमा ल्याएको छ ।
पर्यटकीय सूचना केन्द्रलाई सूचना प्रविधि पार्क निर्माणका लागि बजेटको व्यवस्था गरेको अर्थमन्त्री शेरचनले बताएका छन् ।
अगामी ५ वर्षमा अन्तर्राष्ट्रिय पर्यटक गण्डकीमा दोब्बर बनाउने सरकारले लक्ष्य राखेको छ । युवा जनशक्तिलाई जोड दिँदै पर्यटकीय राजधानी पोखरामा सूचना प्रविधि पार्क निर्माणका लागि आवश्यक बजेट बिनियोजन गरेको अर्थमन्त्री शेरचनले बताएका छन् ।
लोकाहाखोला र पुँडीटारमा औद्योगिक क्षेत्र निर्माणलाई तीव्रता दिने सरकारले लक्ष्य लिएको छ । उत्पादनमुलक उद्योग स्थापना र ब्राण्डिङ गरिने सरकारले बताएको छ ।
घरेलु मदिरा उत्पादन तथा ब्रान्डिङ गरिने सरकारकोे पुरानै घोषणालाई अगाडि बढाउने गरी बजेटमा समावेस गरेको छ । औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन, अनुसन्धान अगाडि बढाउने सरकारले नीति लिएको छ ।
पर्यटन गन्तव्यमा पूर्वाधार निर्माण गर्ने सरकारले बताएको छ । पर्यटन बोर्ड र निजी क्षेत्रको साझेदारीमा पर्यटन प्रवद्र्धनका कार्यक्रम चलाउने गण्डकीको बजेटमा छ । गण्डकी जाऔं, पर्यटनमा रमाऔं भन्ने अभियान चलाउने सरकारको बजेटमा प्राथमिकताका साथ परेको छ ।
दामोदर कुण्ड, मुक्तिनाथ, गलेश्वर, पञ्चकोट, रिडी, रामदी, केलादीघाट, देवघाट जोड्ने पर्यटन परिपथमा जोड दिएको अर्थमन्त्रीको भनाइ छ ।
मादीवेणी धामदेखि पर्वतको पुकोर्ट, बागलुङको भैरवस्थान धार्मिक पदमार्ग निर्माण गर्ने अर्थमन्त्रीको भनाइ छ । मनास्लु, अन्नपूर्ण, धौलागिरि र ढोरपाटन चक्रिय पदमार्ग स्तोरोन्नति गर्ने तथा वैकल्पिक मार्ग प्रवद्र्धन तथा पहिचान गरिने अर्थमन्त्री शेरचनले संसदमा पेश गरेको बजेटमा उल्लेख छ ।
गोरखकाली रबर उद्योग, भृकुटी कागज कारखाना चलाउन संघ सरकारसँग समन्वयन गर्ने शेरचनले बताए । धौवादी फलाम खानीको उत्खनन् तथा खोज अध्ययन, अन्वेषण तथा २५ करोड रुपैयाँ छुट्याइएको शेरचनले संसदमा प्रस्तुत गरेको बजेटमा छ ।
प्रतिक्रिया 4