+
+
Shares

बलियो बन्यो एलनिनोको प्रभाव, मनसुन भित्रिन अझै केही दिन लाग्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १८:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यस वर्ष नेपालमा जुन १३ मा भित्रिनुपर्ने मनसुन आगमनमा केही दिन ढिलाइ हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
  • प्रशान्त महासागरमा विकसित भएको एलनिनोका कारण नेपालमा मनसुन आगमन ढिलो हुने र मनसुन कमजोर हुन सक्ने विभागको विश्लेषण छ ।
  • पश्चिमी र स्थानीय वायुको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भने मध्यम वर्षा भइरहेको छ ।

१ असार, काठमाडौं । नेपालमा यस वर्ष मनसुनको आगमन केही ढिलो हुने देखिएको छ । जल तथा मौसम विज्ञान विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै मनसुन आउन अझै केही दिन लाग्ने जनाएको छ ।

सामान्यतया नेपालमा जुन १३ मा मनसुन भित्रिने गर्दछ, तर यस वर्ष हालसम्म मनसुनको आगमन भइसकेको छैन ।

भू-उपग्रहबाट प्राप्त तथ्यांक र गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसुन आउन केही दिन ढिलो हुने सम्भावना रहेको विभागकी प्रवक्ता विभूति पोखेलले जानकारी दिइन्।

विभागका अनुसार हाल प्रशान्त महासागरमा ‘एलनिनो’ विकसित भइसकेको र यो अझ बलियो हुने क्रममा रहेको छ । एलनिनोको प्रभावका कारण नेपालको मनसुन आगमनमा ढिलाइ हुनुका साथै यस वर्ष मनसुन कमजोर हुन सक्ने सम्भावना पनि देखिएको छ ।

विगतका वर्षहरूमा पनि एलनिनोको प्रभावले मनसुन आगमन ढिलो भएको तथ्यांकले देखाएको छ ।

यद्यपि, अहिले पनि नेपालमा पश्चिमी वायुको सक्रियता र स्थानीय वायुको प्रभावले गर्दा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघ गर्जनसहित मध्यम खालको वर्षा भइरहेको विभागले जनाएको छ ।

विभागले यस वर्षको मनसुनी प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र नियमित रूपमा अद्यावधिक जानकारी गराउँदै जाने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?