२ असार, काठमाडौं । वर्तमान विश्वप फुटबलमा देखिएको सबैभन्दा घातक स्ट्राइकर मध्ये एक हुन् एर्लिङ ब्रान्ट हालान्ड । क्लब फुटबलमा गोल मेसिनको रुपमा छाएका हालान्डको फिफा विश्वकप खेल्ने सपना पनि पूरा हुँदैछ ।
हालान्ड सम्मिलित नर्वेले २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको छ । समूह आई मा रहेको नर्वेले इराकसँग खेल्दा हालान्डले पनि विश्वकपमा डेब्यु गर्नेछन् ।
यो खेलमा धेरैको नजर हालान्डमै हुनेछ । किनभने हालान्डले बोरुसिया डर्टमन्ड देखि म्याचनेष्टर सिटीसम्म आफ्नो गोल गर्ने कला देखाइसकेका छन् । त्यहो छवीलाई फिफा विश्वकपमा पनि देखाउने उनको लक्ष्य छ ।
नर्वे र इराक दुवै टोलीका लागि यो खेल पुनरागमन उत्सवको रुपमा रहनेछ ।
नर्वे सन् १९९८ पछि पहिलो पटक विश्वकपको मुख्य प्रतियोगितामा छनोट भएको हो भने इराक सन् १९८६ मा मेक्सिकोमै भएको विश्वकपको ४० वर्षपछि विश्वकपमा पुनरागमन गर्दैछ ।
फिफा वरियतामा नर्वे ३१औं र इराक ५७औं स्थानमा छन् ।
नर्वे युरोपियन छनोटमा सर्वाधिक ३७ गोल गरेको थियो । नर्वे चौथो पटक विश्वकप खेल्दैछ ।
दी लायन्स अफ मेसोपोटामियाको उपनामले चिनिने इराक दोस्रो पटक विश्वकप खेल्दैछ भने पहिलो जितको खोजीमा समेत छ । यसअघि सन् १९८६ मा विश्वकपमा डेब्यु गरेको इराक समूहको तीनवटै खेलमा पराजित भएको थियो । इराकले इन्टरकन्टिनेन्टल प्लेअफमा बोलिभियालाई २-१ ले हराएर यस संस्करणको विश्वकपमा स्थान बनाएको थियो ।
फ्रान्स र सेनेगल जस्ता बलिया टिम रहेको समूह आईलाई ग्रुप अफ डेथ जस्तै मानिन्छ । त्यसैले विश्वकप पुनरागमानमा दुवै टोद्यी सुखद नतिजासहित यात्रा सुरु वात गर्न चाहन्५न् ।
नर्वे र इराकबीचको खेल बोस्टन स्टेडियममा नेपाली समय अनुसार बुधबार बिहान पौने ४ बजे खेल सुरु हुनेछ ।
प्रतिक्रिया 4