+
+
Shares

अमेरिका–इरान सम्झौताको स्वागत गर्दै संसदबाट सकारात्मक सन्देश दिऔं : नेकपा

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २ गते १२:२४

२ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले अमेरिका र इरानबीचको शान्ति सम्झौताबाट प्राप्त हुने सकारात्मक अवसरलाई सही रुपमा प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराएको छ । नेपालको संसदबाट पनि त्यसबारे स्पष्ट सन्देश प्रवाह गर्नुपर्ने सो पार्टीको माग छ ।

आजको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका नेता प्रमेश हमालले अमेरिका र इरानबीचको लडाइँ अन्त्यसँगै विश्वले दिगो शान्तिको अवसर प्राप्त गर्ने बताए ।

उनले भने, ‘हिजो बेलुकामात्रै इलेक्ट्रोनिकली एमओयुमा रुपमा हस्ताक्षर भएको कुरा आएका छन् । हाम्रो नेपालको संसदमा पनि यो कुरालाई अत्यन्त सकारात्मक किसिमले विश्वसामु स्पष्ट सन्देश जाओस् भन्ने म सभामुखमार्फत् अनुरोध गर्न चाहान्छु ।’

आफूहरु विश्व शान्तिको पक्षमा रहेको बताउँदै उनले भने, ‘शुक्रबार पूर्णरुपले यो सम्झौतामा सिग्नेचर हुने कुरा छ । यसपछाडि विश्वले दिगो शान्तिको अवसर प्राप्त गर्नेछ भन्ने मैले विश्वास लिएको छु । त्यतिमात्र होइन अब यो बहुध्रुवीय विश्वमा नयाँ शक्ति सन्तुलनको चरणमा हामी प्रवेश गर्नेछौं । यसपटक पनि हामीले हाम्रो राष्ट्रको स्वाभिमान, राष्ट्रिय स्वतन्त्रता र यसबाट प्राप्त हुने जुन किसिमको अवस्था छ त्यसलाई सकारात्मक रुपमा प्रयोग गर्नुपर्छ भन्ने पनि म अनुरोध गर्न चाहान्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?