+
+
Shares

ललितपुरको डीएभी स्कुलको चौथो तलाबाट खसेका विद्यार्थीको मृत्यु

मृत्यु हुनेमा चाबहिल बस्ने १८ वर्षीय आर्यन सिंह रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २ गते १४:०५

२ जेठ, काठमाडौं । ललितपुरको डीएभी स्कुलको चौथो तलाबाट खसेका एक विद्यार्थीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चाबहिल बस्ने १८ वर्षीय आर्यन सिंह रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।

घटना सोमबार दिउँसो साढे १२ बजेको हो । सिंह चौथो तलाबाट खसेका थिए । उपचारका लागि सुमेरु सिटी अस्पताल लगिएको साँझे साढे ६ बजेतिर चिकित्सकले मृत घोषण गरेको बताइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनले आत्महत्या गरेको हुनसक्ने बताइएको छ । स्कुलको सीसीटीभी फुटेजमा समेत उनले हामफालेको देखिएको प्रहरी स्रोतले बतायो ।

साथै उनको साथबाट सुसाइड नोट फेला परेको छ । उक्त सुसाइड नोटको फरेन्सीक जाँच भने हुन बाँकी नै छ । ‘सुसाइड नोट फेला परेको छ । उक्त अक्षर उनैका हुन÷होइनन् जाँच गर्न बाँकी छ’ एक प्रहरी अधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?