+
+
Shares

कारागारबाट फरार महिला पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २ गते १७:४५

२ जेठ, काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागार जग्गनाथदेवलबाट फरार भएकी एक जना महिला कैदीबन्दी पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ कि ४८ वर्षीया रमा चौलागाईं छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

चेक अनादारका २ मुद्दामा उनलाई काठमाडौं जिल्ला अदालतले ४ वर्ष कैद र तोकेको थियो । उनी जेनजी आन्दोलनको क्रममा फरार भएकी थिइन् । उनलाई सुन्धारा कारागार पठाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?