+
+
Shares

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतम कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २ गते १९:१४

२ असार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतम कारागार चलान भएका छन् ।

मंगलबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले गौतमलाई पुर्पक्षका थुनामा पठाउने आदेश दिएको हो ।

पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार प्रकरणमा गौतम पनि जोडिएका थिए । तत्कालीन निर्देशक प्रदीप अधिकारीसहित गौतमविरुद्ध पनि अख्तियार दुरुपयोग अनुसन्धान अयाोगले अभियोग दायर गरेको थियो ।

गौतमबाट ६ करोड ७३ लाख ९९ हजार ६४८ रुपैयाँ ५९ पैसा असुल उपर गरी सजाय गर्न मागदाबीसहित अख्तियारले मुद्दा चलाएको थियो ।

अदालतले ठहरे बमोजिम हुने गरी गौतमलाई थुनामा राख्न आदेश दिएको हो ।

अधिकारीलाई भने यसअघि नै कारागार चलान गरिसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?