+
+
Shares

सामान्य घट्यो सुनचाँदी भाउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते ११:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर २ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको छ ।
  • चाँदीको भाउ पनि अघिल्लो दिनको तुलनामा तोलामा ३५ रुपैयाँ घटेर ४ हजार ९४५ रुपैयाँ कायम भएको छ ।

४ असार, काठमाडौं । बिहीबार सुनचाँदीको भाउ सामान्य घटेको छ । सुनको भाउ तोलामा १ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । गत बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदी आज तोलामा ३५ रुपैयाँ घटेसँगै ४ हजार ९४५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो । गत बिहीबार चाँदीको भाउ प्रतितोला ४ हजार ६५० रुपैयाँ थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?