+
+
Shares

प्रधानमन्त्री संसद्‍मा उपस्थित हुनेबारे संसद् सचिवालय अनभिज्ञ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह बालेन उपस्थित हुने विषयमा संसद् सचिवालयले अनभिज्ञता प्रकट गरेको छ ।
  • प्रधानमन्त्री बालेनले रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय र राष्ट्रिय योजना आयोग लगायतका बजेट शीर्षकमा उठेका प्रश्नको जवाफ दिनुपर्ने छ ।
  • शिक्षा र गृहसहित विभिन्न मन्त्रीले जवाफ दिने कार्यसूची भए पनि प्रधानमन्त्रीको उपस्थिति भने अझै निश्चित हुन सकेको छैन ।

४ असार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन प्रतिनिधिसभाको बैठकमा उपस्थित हुनेबारे संसद् सचिवालयले अनभिज्ञ  प्रकट  गरेको छ ।

कार्यसूचीअनुसार आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेनले दिने कार्यक्रम छ ।

रक्षा मन्त्रालय प्रधानमन्त्री बालेन शाहले सम्हालिरहेका छन् । यसकारण यो मन्त्रालयको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ उनैले जवाफ दिनुपर्ने हुन्छ ।

यसबाहेक प्रधानमन्त्री बालेनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने छ ।

तर, प्रधानमन्त्री बालेन प्रतिनिधिसभाको बैठकमा उपस्थित हुने निश्चिात भएको छैन ।

प्रधानमन्त्रीले जवाफ दिने भन्दै अन्य मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । जस अनुसार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जवाफ दिइसकेका छन् ।

यसबाहेक गृहमन्त्री, अर्थमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीले जवाफ दिँदैछन् । पूर्वाधार विकास मन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री, परराष्ट्रमन्त्रीले पनि जवाफ दिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?