+
+
Shares

रास्वपाले महाधिवेशन उद्घाटन सत्रमा सम्बोधनका लागि अन्य दलका प्रमुखहरूलाई निम्तो दिने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १२:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी आइतबारदेखि चितवनमा शुरू हुने पहिलो महाधिवेशनमा विभिन्न दलका प्रमुख नेताहरूलाई आमन्त्रण गर्ने भएको छ ।
  • रास्वपा संगठन विभागका सदस्य शंकर श्रेष्ठले महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्यका लागि अन्य दलका नेताहरूलाई बोलाइने जानकारी दिए ।

४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनमा शुभकामना मन्तव्यका लागि अन्य दलका प्रमुख नेतालाई बोलाउने भएको छ ।

आगामी आइतबारदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनको उद्घाटन सत्रमा दलका प्रमुखहरूलाई आमन्त्रण गर्ने भएको छ ।

नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत अरु दलका प्रमुखलाई शुभकामना मन्तव्यका लागि बोलाउन लागिएको हो ।

रास्वपा संगठन विभागका सदस्य शंकर श्रेष्ठले अरु दलका प्रमुख नेता र विदेशस्थित पाहुनाहरुलाई आमन्त्रण गरिने बताए ।

उनले भने, ‘दलका नेताहरुलाई शुभकामना मन्तव्यका लागि बोलाउँछौं । विदेशस्थित बोलाउने पाहुनाहरूबारे आज छलफल हुँदैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?