+
+
Shares

रामेश्वर थापाको बायोपिक फिल्म ‘क्याप्टेन साब’ को छायांकन टुंगियो

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १४:०१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • व्यवसायी एवं पाइलट रामेश्वर थापाको जीवनकथामा आधारित चलचित्र ‘क्याप्टेन साब’को छायांकन बुधबार सकिएको छ ।
  • दीपेन्द्र के खनाल निर्देशित यस चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सन्जोग रसाइलीले मुख्य भूमिका निर्वाह गरेका छन् ।
  • काभ्रे, काठमाडौं र वीरगञ्जमा दुई चरण गरेर यस चलचित्रको छायांकन गरिएको हो ।

काठमाडौं । फिल्म ‘क्याप्टेन साब’को छायांकन सकिएको छ । दुई चरणमा गरेर छायांकन गरिएको फिल्मको बुधबार सुटिङ इन्डक्ल्याप गरिएको हो ।

पहिलो चरणको छायांकन गत वर्षको साउन १० गतेबाट सुरु गरिएको थियो । दोस्रो चरणको छायांकन दुई साताअघि गरिएको थियो । फिल्मको छायांकन काभ्रे, काठमाडौं र वीरगञ्जमा गरिएको हो ।

दीपेन्द्र के खनालले निर्देशन गरेको फिल्मलाई कृष्णबहादुर थापा खिचेका हुन् । यो फिल्म व्यवसायी रामेश्वर थापाको जीवनकथामा आधारित छ । पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी हुन् ।

पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सन्जोग रसाइली मुख्य भूमिकामा छन् ।

दीपेन्द्रले यसअघि ‘धनपति’मा खगेन्द्र र सुरक्षालाई मुख्य भूमिकामा लिएका थिए । त्यसयता एउटै फिल्ममा यी तीनजनाको यो दोस्रो सहकार्य हो । दीपेन्द्र र खगेन्द्रले भने सँगै काम गर्दै आएका छन् ।

फिल्मको निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ छन् । कार्यकारी निर्मातामा सिर्जना नापित छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?