+
+
Shares

अमेरिकी कार्यवाहक राजदूतसँग मन्त्री गौतमको शिष्टाचार भेट

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १६:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कोट अर्बमबीच मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
  • भेटमा कार्यवाहक राजदूत अर्बमले नेपालको शासकीय सुधार कार्यसूचीले अमेरिकी कम्पनीहरूलाई नेपालमा लगानी गर्न उत्साहित बनाएको बताउनुभयो ।
  • मन्त्री गौतमले पारस्परिक कानूनी सहायतालाई टुङ्ग्याउनुपर्ने उल्लेख गर्दै एकीकृत कानूनी सहायता र संक्रमणकालीन न्यायमा अमेरिकी सरकारसँग सहकार्य गर्न खुला रहेको बताउनुभयो ।

४ असार, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूतावासका कार्यवाहक राजदूत स्कोट अर्बमले कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

बिहीबार मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको मन्त्री गौतमको सचिवालयले जनाएको छ ।

नेपाल सरकारले शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरूका विषयमार्फत भ्रष्‍टाचारको उन्मूलन, शासकीय सुधार  हुने कुरामा विश्‍वास गरी यसमार्फत अमेरिकी कम्पनीहरूले नेपालमा लगानी गर्न उत्साहित बनाएको भेटका क्रममा कार्यवाहक राजदूत अर्बमले बताए ।

मन्त्री गौतमले अमेरिकी सरकारसँग पारस्परिक कानूनी सहायताका सन्दर्भमा  यस मन्त्रालयबाट पूर्वगृहकार्य भइसके‍‍को हुँदा यस विषयलाई टुङ्‍गो लगाउनेतर्फ अघि बढ्‍नुपर्ने उल्लेख गरिन् ।

मानव बेचविखन तथा ओसारपसार, लगानीको प्रबर्द्धन र पूर्वाधार विकासका विषयमा समयानुकूल कानून निर्माण गर्ने विषयमा सार्थक छलफल भयो ।

न्यायमा सहज पहुँच सुनिश्चित गर्न मन्त्रालयले नेपालको तीनै तहका कानूनहरूको एकै प्लेटफर्मबाट पहुँच हुने गरी डिजिटाइजेसन कार्य गरिरहेको विषयमा जानकारी मन्त्री गौतमले दिइन् ।

साथै, एकीकृत कानूनी सहायता र  संक्रमणकालीन न्यायका विषयमा अमेरिकी सरकारसँग सहकार्य गर्न खुला रहेको सन्देश उनले दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?