+
+
Shares

तनहुँमा १९ शङ्कास्पद व्यक्ति नियन्त्रणमा

नियन्त्रणमा लिइएकामध्ये नौ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १८:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तनहुँ प्रहरीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको विशेष खोजी अभियानका क्रममा १९ जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
  • पक्राउ परेकामध्ये नौ जनामाथि थप अनुसन्धान भइरहेको र अन्यको आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
  • यो विशेष अभियान लागुऔषध नियन्त्रण, अवैध मदिरा नियन्त्रण, शान्तिसुरक्षा कायम र फरार प्रतिवादी पक्राउ गर्न लक्षित रहेको प्रहरीले जनाएको छ ।

४ असार, दमौली (तनहुँ) । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाइले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको विशेष खोजी अभियान १९ जना शङ्कास्पद व्यक्ति पक्राउ परेका छन् ।

नियन्त्रणमा लिइएकामध्ये नौ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उक्त विशेष अभियान लागुऔषध नियन्त्रण, अवैध मदिरा उत्पादन तथा बिक्रीवितरण नियन्त्रण, शान्तिसुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोतसाधनको अनधिकृत प्रयोग नियन्त्रणलाई लक्षित गरिएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

प्रहरी टोलीले जिल्लाका विभिन्न संवेदनशील क्षेत्र, सार्वजनिक स्थल, बजार क्षेत्र तथा सम्भावित आपराधिक गतिविधि हुनसक्ने स्थानमा निगरानी तथा जाँचलाई तीव्र बनाएको छ ।

‘जिल्लामा शान्तिसुरक्षा कायम राख्ने, आपराधिक गतिविधि नियन्त्रण गर्ने तथा नागरिकमा सुरक्षाको अनुभूति गराउने उद्देश्यले नियमित रूपमा यस्ता अभियान सञ्चालन गरिरहेका छौँ’, घिमिरेले भने, ‘नियन्त्रणमा लिइएका व्यक्तिमध्ये केहीमाथि थप अनुसन्धान भइरहेको छ भने अन्यको आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको छ ।’

प्रहरीका अनुसार पछिल्लो समय जिल्लामा लागुऔषध दुव्र्यसन, चोरी, सार्वजनिक अपराध तथा प्राकृतिक स्रोतसाधनको अनधिकृत दोहन नियन्त्रणलाई प्राथमिकतामा राखेर निगरानी बढाइएको छ ।

यस्ता गतिविधि नियन्त्रण गर्न नियमित रूपमा विशेष अभियान सञ्चालन गरिने जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले अपराध नियन्त्रण तथा शान्तिसुरक्षा सुदृढीकरणका लागि समुदाय–प्रहरी साझेदारीलाई प्रभावकारी बनाउँदै लगिएको जनाएको छ ।

साथै कुनै पनि शङ्कास्पद गतिविधि, अवैध कारोबार वा कानुनविपरीतका कार्यबारे जानकारी भएमा तत्काल प्रहरीलाई सूचना दिन सर्वसाधारणसँग आग्रह गरेको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?