+
+
Shares

अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक छ : सभापति बाँस्कोटा

कानुन, न्याय तथ मानव अधिकार समितिका सभापति समीक्षा बाँस्कोटाले वैदेशिक रोजगारीमा जाने नेपाली आप्रवासी कामदारको हकअधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको बताएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १८:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बाँस्कोटाले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको हकअधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको बताइन् ।
  • उनले आप्रवासी कामदारलाई कानूनी सहायता, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता प्रदान गर्न तीन तहका सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गरिन् ।
  • सभापति बाँस्कोटाले विदेशमा समस्यामा परेका नेपाली श्रमिकको उद्धार तथा सकुशल फिर्तीका लागि कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरिन् ।

४ असार, काठमाडौँ । कानुन, न्याय तथ मानव अधिकार समितिका सभापति समीक्षा बाँस्कोटाले वैदेशिक रोजगारीमा जाने नेपाली आप्रवासी कामदारको हकअधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको बताएकी छन् ।

आप्रवासी कामदारको एचआइभी एड्स तथा प्रजनन् स्वास्थ्य सञ्जाल नेपालद्वारा आज आयोजित अन्तरक्रिया कार्यक्रममा उनले आप्रवासी कामदारलाई कानुनी सहायता, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता प्रदान गर्ने विषयमा तीन तहका सरकारबीच समन्वयको खाँचो रहेको बताएकी हुन् ।

वैदेशिक रोजगारीमा गएका कामदारको स्वास्थ्यावस्था, सामाजिक सुरक्षा, सीप विकास, तथा उद्धारका काम राज्यको जिम्मेवारी भएको उल्लेख गर्दै सभापति बाँस्कोटाले आप्रवासी कामदारको हक, अधिकार र सुरक्षा सुनिश्चित गर्न सबैपक्षले एकीकृत रूपमा काम गर्नुपर्नेमा जोड दिइन् ।

उनले मानव अधिकारको संरक्षण र संवद्र्धनका लागि प्रतिबद्धता व्यक्त गर्दै विदेशमा समस्यामा परेका नेपाली श्रमिकलाई उद्धार तथा सकुशल फिर्ताका लागि कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?