+
+
Shares

डोटीको जोरालयमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना

डोटीको जोरायल गाउँपालिका–२ स्थित बुडरमा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस स्थापना भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते १२:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोटीको जोरायल गाउँपालिका–२ बुडरमा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस स्थापना भई सञ्चालनमा आएको छ ।
  • यो नयाँ बेस स्थापना भएसँगै देशभर सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन बेसहरूको संख्या १६ पुगेको छ ।
  • सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा रहने यस बेसमा विपद् उद्धारका लागि आवश्यक सामग्रीसहितको टोली खटाइएको छ ।

४ असार, काठमाडौं । डोटीको जोरायल गाउँपालिका–२ स्थित बुडरमा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस स्थापना भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिगविजय सुवेदीले ४ असारमा उक्त बेस उद्घाटन गरेका छन् ।

डोटीको सदरमुकाम सिलगढीबाट करिब १ सय ३५ किलोमिटर पश्चिम दक्षिणतर्फ स्थापना भएको सो बेसमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा विपद् उद्धारका आवश्यक सामग्रीसहितको टोली खटिएको छ ।

यो सँगै सशस्त्र प्रहरी बल नेपालमा विपद् व्यवस्थापन वेशको संख्या १६ वटा पुगेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।

जसमध्ये कोशी प्रदेशमा २, मधेश प्रदेशमा २, बाग्मती प्रदेशमा ४, गण्डकी प्रदेशमा २, लुम्बिनीमा प्रदेश १, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ३ वटा विपद् व्यवस्थापन वेश स्थापना गरिएको छ ।

सशस्त्र प्रहरीले २०८३ साल वैशाख महिनामा चतरा  सुनसरी ,भारदह सप्तरी , भकुण्डेबेसी काभ्रे ,आरुघाट गोरखा  , बालडाडा जुम्ला र डुडेझरी कैलालीमा विपद् व्यवस्थापन वेश स्थापना गरिसकेको छ ।

सशस्त्र प्रहरी बल नेपालले यसअघि मुलघाट धनकुटा, निजगढ बारा, आदमघाट धादिङ, खुर्कोट सिन्धुली, कुुलेखानी मकवानपुर, नारच्याङ म्याग्दी, भालुवाङ्ग दाङ्ग, चिप्ले सुर्खेत र अमरगढी डडेलधुरामा विपद् व्यवस्थापन बेस स्थापना गरिसकेको छ ।

स्थापना भएका वेशहरुमध्ये सिन्धुलीको खुर्कोट र म्याग्दीको नारच्याङमा सशस्त्र प्रहरीको गोताखोर तैनाथ छन्  भने अन्य बेशमा विपद् व्यवस्थापन तालिम प्राप्त टोली रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?