+
+
Shares

सम्पत्ति छानबिनको विषयमा सरकारको कार्यशैलीमाथि गगनले उठाए प्रश्न

थापाले सरकारको शासकीय सुधारको कार्यसूचीमा आवश्यक कानुनी प्रबन्ध आयोग बनाउने उल्लेख भए पनि कानुनी प्रबन्ध नै नगरी आयोग गठन भएकाले यसको स्वतन्त्रता, स्वायत्तता र कार्यशैली भविष्यमा विवादस्पद हुन सक्ने बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते २०:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता गगनकुमार थापाले कानुनी प्रबन्ध विना गठन गरिएको सम्पत्ति छानबिन आयोगको कार्यशैलीमाथि भविष्यमा प्रश्न उठ्न सक्ने भन्दै आपत्ति जनाएका छन् ।
  • नेता थापाले नेपालमा आर्जन गरी विदेशमा लुकाएको सम्पत्ति छानबिन गर्न आवश्यक कानुनी आधार तयार गर्नुपर्नेमा जोड दिएका छन् ।
  • उनले प्रधानमन्त्री र मन्त्रीहरूको सार्वजनिक सम्पत्तिको वैध स्रोत एवं करसम्बन्धी प्रश्नमा सम्बन्धित पक्षले स्पष्ट पार्नुपर्ने माग गरे ।

५ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कानुनी प्रबन्ध नै नगरी गठन गरिएको सम्पत्ति छानबिन आयोगको कार्यशैलिमाथि भविष्यमा प्रश्न उठ्न सक्ने भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित ग्रीन टेबल संवाद कार्यक्रममा ‍‍ थापाले सरकारको शासकीय सुधारको कार्यसूचीमा आवश्यक कानुनी प्रबन्ध आयोग बनाउने उल्लेख भए पनि कानुनी प्रबन्ध नै नगरी आयोग गठन भएकाले यसको स्वतन्त्रता, स्वायत्तता र कार्यशैली भविष्यमा विवादस्पद हुन सक्ने बताएका हुन् ।

उनले नेपालमा आर्जन गरेको तर विदेशमा लुकाएको सम्पत्ति छानबिन हुने गरी कानुनी आधार बनाउनुपर्ने उनको धारणा छ ।

सभापति थापाले हरेक प्रकरणको छानबिन हुनुपर्ने र दोषी देखिएका कारबाहीको दायरमा ल्याउनुपर्नेमा आफू प्रष्ट रहेको पनि बताए ।

राहदानी छपाइ प्रकरणमा पनि गल्ती गर्नेलाई कारबाही हुनुपर्ने भन्दै सरकारले कानुनी प्रक्रियाको ख्याल गर्नुपर्ने थापाको भनाइ छ ।

उनले अहिलेका प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भइसकेपछि वैध स्रोत र करसम्बन्धी विषयमा प्रश्नहरू उठेकाले यसबारेमा पनि सम्बन्धित पक्षले स्पष्ट पार्नुपर्ने उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?