प्रतीकात्मक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- रुकुमपूर्वको पर्यटकीय स्थल कमलदहमा नुहाउने क्रममा डुबेर पुथा उत्तरगंगा गाउँपालिका–९ की ८ वर्षीया शाहासी रोकाको मृत्यु भएको छ ।
- आइतबार साँझ बेहोस भएकी रोकालाई उपचारका लागि रुकुमपूर्व अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
७ असार, रुकुमपूर्व । रुकुमपूर्वको सदरमुकामस्थित पर्यटकीय स्थल कमलदहमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पुथा उत्तरगंगा गाउँपालिका–९ खाराबाङकी अन्दाजी ८ वर्षीया शाहासी रोका रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी निरीक्षक लालबहादुर बिकका अनुसार आइतबार साँझ करिब साढे ६ बजे कमलदह तालमा नुहाउने क्रममा रोका डुबेर बेहोस भएकी थिइन् ।
घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उनको उद्धार गरी तत्काल उपचारका लागि रुकुमपूर्व अस्पताल लगिएको थियो।
तर अस्पताल पुर्याइए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4