+
+
Shares

ट्रकमा स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते १३:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको भरतपुर महानगरपालिका-१५ मा ट्रक र स्कुटर ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।
  • दुर्घटनामा मृत्यु हुनेहरूमा २२ वर्षीय अशोक भण्डारी र १९ वर्षीय राजीव गुरूङ रहेका छन् ।
  • दुर्घटनापछि प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान शुरू गरेको छ ।

८ असार, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-१५ मा ट्रकमा स्कुटर ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

चितवनको भरतपुर महानगरपालिका-१५ स्थित अतिथि पार्टी प्यालेस नजिक सडकमा ना५ ख ५८१६ नम्बरको ट्रकमा बा.प्र-०६-००४ प ७२४८ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो ।

सोमबार बिहान भएको दुर्घटनामा स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा स्कुटर चालक सोही महानगरपालिका-२६ दिव्यनगरका २२ वर्षीय अशोक भण्डारी र स्कुटरमा सवार सोही महानगरपालिका-२० बस्ने लमजुङ घर भएका १९ वर्षीय राजीव गुरूङ रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?