News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री बेनिशा हमालको डेब्यु अभिनय रहेको नाटक ‘सेतो धरती’ कान्तिपुर थिएटरमा शुक्रबारदेखि पुनः मञ्चन हुने भएको छ ।
- अमर न्यौपानेको मदन पुरस्कार विजेता उपन्यासमा आधारित तथा सुन्दर धिताल निर्देशित सो नाटक १६ असारसम्म मञ्चन गरिने छ ।
- यसअघि वैशाखमा मञ्चन हुँदा ६ हजार दर्शकले हेरेको यस नाटकमा थिएटरका ३० जना कलाकारले अभिनय गरेका छन् ।
काठमाडौं । मदन पुरस्कार विजेता पुस्तक ‘सेतो धरती’माथि आधारित सोही नामको नाटकको मञ्चन पुनः सुरु हुने भएको छ । कान्तिपुुर थिएटरले शुक्रबारदेखि यसलाई पुनः मञ्चन गर्न लागेको हो ।
दर्शकको अत्याधिक मागको कारण नाटकलाई शुक्रबारदेखि १६ असार मंगलबारसम्म मञ्चन गर्न लागिएको थिएटर प्रमुख प्रकाश पुरीले जानकारी दिए । चर्चित अभिनेत्री बेनिशा हमालको डेब्यू अभिनय रहेको यो नाटकको मञ्चन यसअघि १९ बैशाखसम्म चलेको थियो ।
त्यतिबेला ६ हजार जना दर्शकले नाटक हेरेका थिए । अमर न्यौपानेद्वारा लिखित उक्त पुस्तकमा बेनिशाले शीर्ष भूमिका निर्वाह गरेकी छिन् । सुन्दर धिताल निर्देशित नाटकमा कान्तिपुर थिएटरका ३० जना कलाकारले समेत अभिनय गरेका छन् ।
यो थिएटरमा चलेको पछिल्लो नाटक ‘महाभारत’ थियो, जसको मञ्चन आइतबार समापन भएको छ । त्यसअघि ‘समर लभ’ मञ्चन गरिएको थियो भने यसपछि विश्वेश्वरप्रसाद कोइरालाको चर्चित कृति ‘तीन घुम्ती’मा आधारित सोही नामको नाटकको मञ्चन तयारी छ ।
प्रतिक्रिया 4