+
+
Shares

रास्वपा खुला केन्द्रीय सदस्यमा निर्मल गौतमको दाबी

यसैबीच सामाजिक सेवा हुँदै‍ राजनीतिमा क्रियाशील निर्मल गौतमले रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते ७:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि असार ९ गते मतदान हुने भएको छ।
  • निर्वाचन कार्यतालिका अनुसार असार ८ गते उम्मेदवारी दर्ता र असार ९ गते पहिलो चरणमा केन्द्रीय सभापति र सदस्यका लागि मतदान हुनेछ।
  • वित्तीय विश्लेषक निर्मल गौतमले राष्ट्रिय स्वतन्त्र पार्टीको खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

८ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै नेतृत्वका लागि उम्मेदवारको चर्चा र सरगर्मी ह्वात्तै बढेको छ।

केहीले उम्मेदवारी घोषणा गरिसकेका छन् भने केहीले दाबी प्रस्तुत गरेका छन् । यसैबीच सामाजिक सेवा हुँदै‍ राजनीतिमा क्रियाशील निर्मल गौतमले रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन्।

लामो समय बैंक तथा वित्तीय क्षेत्रमा अनुभव बटुलिसकेका गौतमले खुल्ला तर्फबाट केन्द्रीय समिति सदस्य पदमा उम्मेद्वार दिने तयारी गरेका छन् । गौतमले सार्वजनिक सेवा, सुशासन र जवाफदेहिताको पक्षमा, दक्षतामा आधारित राजनीति,वित्तिय स्वायत्तता र आर्थिक विकेन्द्रिकरणका सवालमा उल्लेख्य योगदान पुर्‍याउँदै आएका छन् ।

विभिन्न अभियान, नेतृत्व विकास तालिम, संवाद तथा अधिकारमुखी कार्यक्रममार्फत युवा नेतृत्वको विकास र लोकतान्त्रिक मूल्य मान्यताको प्रवर्द्धनमा उनी सक्रिय छन् ।

२३ वर्षकै उमेरमा ठूलो जिम्मेवारीका साथ साविकको कालिका माईक्रो क्रेडिट डेभलपमेन्ट बैंक लिमिटेड, स्याङ्जामा लेखा परीक्षण विभागको विभागिय प्रमुख भई आफूलाई प्रमाणित गरिसकेका उनले राजनीतिमा पनि आफूलाई प्रमाणित गर्न खोजेका छन् ।

योसंगै क्रमशः धौलागीरी लघुवित्त वित्तिय संस्था लिमिटेड, बागलुङ र ईन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेड, नवलपुरमा लेखा परीक्षण विभागको प्रमुख जिम्मेवारी तथा कम्पनि सचिवको भूमिका समेत कुशलता साथ सम्हालेको उनीसँग अनुभव छ ।

यसैबिच नेता गौतमले वित्तीय विश्लेषकका रुपमा २७ वटा सहकारीमा भएको ६० हजार बचतकर्ताको ११ अर्ब घोटालाको सफल छानबिन तथा पिडितको न्यायका लागि प्रतिवेदन समेत तयार गरी कानुनी कारवाहीका लागि समेत राय पेश गरेका छन् ।

रूपमा गौतमले काम गर्ने क्रममा सहकारीले सृजना गरेको २ अर्ब भन्दा बढी रकम करको दायरामा ल्याई कसुर आर्जित सम्पत्तिलाई सरकारको आयमा समेत बृद्धि गर्न उनले उल्लेखनिय भूमिका खेलेका छन् ।

आयोगका प्रमुख निर्वाचन आयुक्त भुवन केसीद्वारा जारी कार्यतालिका अनुसार यही असार ८ गते दिउँसो १ बजेदेखि उम्मेदवारका लागि फारम वितरण सुरु गरिनेछ। सोही दिन दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।

रास्वपा केन्द्रीय समितिको नेतृत्व चयनका लागि असार ९ गते बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ। निर्वाचन प्रणाली अनुसार पहिलो चरणमा केन्द्रीय सभापति र केन्द्रीय सदस्यका लागि मतदान हुनेछ भने पदाधिकारी चयनका लागि दोस्रो चरणमा मतदान प्रक्रिया अघि बढाइने निर्वाचन आयोगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?