News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अशोककुमार चौधरीले पार्टीको जारी प्रथम महाधिवेशनमा सहमहामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
- प्रतिनिधिसभा सदस्य र कृषि समितिका सभापति चौधरीले तल्लो तहका कार्यकर्ताको आवाज केन्द्रीय नेतृत्वसम्म पुर्याउन उम्मेदवारी दिएको बताएका छन् ।
८ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अशोककुमार चौधरीले सहमहामन्त्री पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।
चौधरी रास्वपाको संस्थापक केन्द्रीय सदस्य हुन् । प्रथम महाधिवेशनमार्फत खुल्ला थारू केन्द्रीय सदस्य हुँदै समावेशी तर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिने गरी मत मागिरहेको उनले बताए ।
सहमहामन्त्रीमा आफ्नो दाबेदारी पार्टीको संस्थागत सुदृढीकरण, कार्यकर्ता सम्मान र संगठनात्मक एकताको अभियानका रूपमा रहेको उनको भनाइ छ ।
उनी भन्छन्, ‘तल्लो तहका साथीहरूको भावना र आवाज केन्द्रीय नेतृत्वसम्म पुर्याउन मेरो उम्मेदवारी केन्द्रित छ ।’
चौधरी अघिल्लो प्रतिनिधिसभामा समानुपातिक तर्फबाट सांसद थिए । गत चुनावमा सुनसरी ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । हाल प्रतिनिधिसभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समिति सभापति छन् ।
४३ वर्षीय चौधरी रास्वपाको सुरुवाती चरणदेखि संगठन विस्तार अभियानमा अग्रपंक्तिमा देखिँदै आएको बताउँछन् । समावेशितामार्फत नयाँ राजनीतिक संस्कार स्थापित गर्नुपर्ने पनि उनको भनाइ छ ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा जारी छ ।
प्रतिक्रिया 4