+
+
Shares

विष्णु पौडेललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई नेपालगञ्ज लगिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते १८:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ८ असारमा सम्पत्ति शुद्धीकरण विभागको टोलीले सुर्खेतबाट पक्राउ गरेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई नेपालगञ्ज लगिएको छ ।
  • पक्राउ परेका पौडेललाई केही समय जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको थियो ।

८ असार, सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई नेपालगञ्ज लगिएको छ । पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको टोलीले आज सुर्खेतबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका उनलाई केही समय जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको थियो । पौडेललाई नेपालगञ्जबाट काठमाडौं ल्याइनेछ । पौडेल सुर्खेतमा एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यक्रममा सहभागी भइरहँदा पक्राउ परेका हुन । उनलाई पक्राउ गर्न भनी सम्पत्ति शुद्धीकरण विभागले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाएको थियो ।

सोही आधारमा सुर्खेत प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?