+
+
Shares

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

‘एमाले नसिध्याइ देश कमजोर बनाउन सकिन्न भन्ने प्रतिक्रियावादी लागेर चुनावमा हराए’

‘फाँसीवादले लामो समय राज गर्न सक्दैन, यो प्रकृतिको, राजनीतिको र समाज विकासको नियम हो’, उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते २१:३८

८ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नसिध्याए देश कमजोर बनाउन सकिन्न भन्नेहरू मिलेर चुनाव हराएको टिप्पणी गरेका छन् ।

सोमबार निर्वाचन समीक्षाका साथै पार्टी पुनर्गठन सम्बन्धमा सुझाव लिन सुर्खेतमा आयोजित कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

एमालेले सरकारको नेतृत्व गर्दा ऐतिहासिक र देशभक्तिपूर्ण कामहरू गरेको र आलोचना गर्ने ठाउँ समेत नरहेको उनले दाबी गरे । ‘एमालेलाई नसिध्याई देश कमजोर बनाउन सकिन्न भन्ने प्रतिक्रियावादीहरू दुनियाँ लागेर निर्वाचनमा एमालेलाई हराएका हुन् । त्यसैले कोही पनि निराश हुन जरुरी छैन,’ उनले भने ।

फागुन २१ गतेको निर्वाचनबाट देशलाई फाँसीवादतिर लैजाने लाइसेन्स उपलब्ध भएको टिप्पणी ओलीले गरे । ‘अहिले समाजलाई आस्थाहीन, मर्यादाहीन र संस्कारहीन बनाउँदै देशमा आतङ्कको राज सिर्जना भइरहेको छ,’ अध्यक्ष ओलीले भने, ‘देशको पक्षमा आवाज उठाउँदा पञ्चायती व्यवस्थामा भन्दा अहिले बढी दमन हुन थालेको छ ।’

फाँसीवादले लामो समय राज गर्न नसक्ने पनि उनले बताए । ‘फाँसीवादले लामो समय राज गर्न सक्दैन, यो प्रकृतिको, राजनीतिको र समाज विकासको नियम हो’, उनले भने ।

एमालेसँग सही नीति, सही विचार र सही गन्तव्य रहेको उल्लेख गर्दै उनले निराश हुनु आवश्यक नरहेको बताउँदै उच्च मनोबलका साथ एकताबद्ध भएर अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?