+
+
Shares

अनुशासन समितिले कारबाही सिफारिस गरेका पनि रास्वपाको प्रतिनिधि, के भन्छन् प्रवक्ता ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते २२:३४

७ असार, काठमाडौं । पार्टीको अनुशासन समितिले कारबाही सिफारिस गरेका व्यक्तिलाई पनि रास्वपाले प्रतिनिधि बनाएको खुलेको छ ।

यसरी कारबाही सिफारिस भएका व्यक्तिलाई प्रतिनिधि बनाएको भन्दै पार्टीमा प्रश्न उठेको छ । एक नेताले दिएको जानकारी अनुसार, जारी महाधिवेशनको प्रतिनिधि विवादमा यसबारे पनि प्रश्न उठेको हो ।

आजबाट सुरु हुने भनिएको रास्वपा महाधिवेशनको बन्द सत्र महाधिवेशन प्रतिनिधकै विवादको कारण स्थगित भएको हो ।

अनुशासन आयोगले कारबाही सिफारिस गरेपनि पार्टीले कारबाही नगरेका त्यस्ता व्यक्तिहरु समेत महाधिवेशनको प्रतिनिधि बनेको विषयमा पनि प्रश्न उठेको हो ।

उक्त विषयमा अनलाइनखबरले राखेको जिज्ञासामा पार्टी प्रवक्ता मनिष झाले पहिलो महाधिवेशन भएको र उनीहरूको योगदान समेतलाई ध्यान दिएर सहभागी गराउन लागेको बताए ।

‘उहाँहरूको पनि पार्टीमा योगदान छ । महाधिवेशनमा मात्र सहभागी गराउन लागिएको हो,’ प्रवक्ता झाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?