+
+
Shares

भोलाकुमारको गुनासो : सभापतिमा प्रतिस्पर्धा गर्छु भनेपछि नाम हटाइयो

मधेस प्रदेशको सूचीमा २०२ नम्बरमा रहेको उनको नाममा रातो लगाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १३:२०

९ असार, काठमाडौं । रास्वपाका एक नेताले सभापतिको उम्मेदवार हुने भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेपछि आफ्नो नाम नै महाधिवेशन प्रतिनिधिबाट गायब भएको गुनासो गरेका छन् ।

बारा क्षेत्र नम्बर ३ का सभापति भोला कुमार साह कानु (फेसबुकमा नाम अभिषेक गुप्ता)ले प्रतिनिधिको अन्तिम नामावलीमा आफ्नो नाम नरहेको बताए ।

‘मैले सभापतिमा उम्मेदवार दिने भनेर सामाजिक सञ्जालमा लेखेको थिएँ,’ साह कानुले अनलाइनखबरसँग भने,‘सुरुमा निकालेको प्रतिनिधिहरूको सूचीमा मेरा नाम थियो । अन्तिम नाम प्रकाशित गर्दा मेरो नाम हटाइएको छ ।’

मधेस प्रदेशको सूचीमा २०२ नम्बरमा रहेको उनको नाममा रातो लगाइएको छ ।

बारामा रास्वपाले बर्खास्त गरेका पूर्व सभापति चन्दन स्वर्णकारको पार्टी सदस्यता कायम गर्नका लागि सभापतिमा रवि लामिछानेसँग उम्मेदवार बन्ने भन्दै उनले सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए ।

यस्तोछ उनको फेसबुक पोस्ट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?