+
+
Shares

काठमाडौंमा राष्ट्रिय युवा महोत्सव हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १४:११

९ असार, काठमाडौं । युवा विद्यार्थीमा नेतृत्व विकास, सकारात्मकत्ता र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय युवा महोत्सव आयोजना हुने भएको छ ।

परिवर्तनका लागि युवा (युथ फर चेन्ज), मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी), र इन डेप्थ स्टोरी (आईडीएस)को संयुक्त आयोजनामा असार १३ मा नेपाल प्रज्ञा प्रतिष्ठानमा महोत्सव आयोजना हुन लागेको हो ।

महोत्सवमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष   डा.गुणाकर भट्ट, उद्योगपति डा. उपेन्द्र महतो, सार्क हेमराज ढकाल, हस्यकलाकर मनोज गजुरेल, पत्रकार रुपेश श्रेष्ठ, राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मा, टेक उद्यमी प्रतिमा अधिकारी लगायतको उपस्थिति रहने लगायत वक्ता रहनेछन् ।

कार्यक्रम संयोजक हिमाल विष्टका अनुसार आफ्नो ज्ञान, सीप र क्षमताको सदुपयोग गरी देशमै केही गरेका अग्रजको अनुभव सुनाउने उद्देश्य यसको छ ।

कार्यक्रम युवाहरूमा सकारात्मक आशा जगाउने र नेपालमा रहेका अवसरहरू देखाउने उद्देश्यले तयार गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?