+
+
Shares

एमालेको निष्कर्ष– विष्णु पौडेल पक्राउ गैरन्यायिक, तत्काल रिहाइ गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १७:२३

९ असार, काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउ गैरन्यायिक भएको बताएको छ ।

पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको संसदीय दलको बैठकले उक्त निष्कर्ष निकालेको हो ।

साथै, उनलाई तत्काल रिहाइको माग पनि पार्टी बैठकले गरेको छ ।

‘पार्टी उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी गैरन्यायिक भएको पार्टीको निष्कर्ष छ र तत्काल रिहाइको माग गर्ने निर्णय भएको छ,’ एमाले स्रोतले भन्यो ।

उपाध्यक्ष पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो । उनलाई अहिले विशेष अदालतमा म्याद थपका लागि लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?